नियम ६३
निजी क्षेत्रले भन्सार गोदाम सञ्चालन गर्न सक्ने
(१) नेपाल सरकारको स्वीकृति लिई कुनै व्यक्तिले निकासी वा पैठारी गरिने मालवस्तु राख्नको लागि भन्सार कार्यालयमा भन्सार गोदाम बनाई सञ्चालन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गोदाम सञ्चालन गर्ने व्यक्तिले त्यस्तो गोदाममा मालवस्तु राख्ने मालवस्तुधनीबाट नेपाल सरकारको पूर्वस्वीकृति लिई निर्धारण गरिए बमोजिम भाडा असुल गर्न सक्नेछन् ।